र्एतिहासिक महायज्ञ कसैले विरोध गर्दैमा रोकिँदैन ः बालयोश्वर महाराज !



डि.बि खड्का असोज १,गुल्मी ।
रिडीमा सञ्चालन भइरहेको  र्एतिहासिक महायज्ञका प्रमुख वाचक बालयोश्वर  महाराजले महायज्ञलाई कसैले विरोध गर्दैमा नरोकिने बताएका छन् । महायज्ञको पाँचौँ दिन गुल्मी टेलिभिजन सङ  विशेष समय लिएर बोल्दै उनले सो कुरा बताएका हुन ।
महायज्ञका प्रमुख वाचक बालयोश्वर महाराजः तस्विर सुमन पन्थी ।
गुल्मी ,पाल्पा ,स्याङ्जा को सङगम स्थल रुरु क्षेत्र धाममा आयोजना गरिएको महायज्ञ कुनै व्याक्ती र  संस्थाको  मात्र नभई समग्र रुरु क्षेत्र धामको विकासको लागि हो । त्यसैले यो महायज्ञ लाई कसैले विरोध गर्दैमा केही फरक पर्दैन र महायज्ञ रोकिँदैन ।   यसो त  महायज्ञ उद्घाटन गर्दै परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले पनि  राम्रो कामको सुरुवात  गर्न कुनै साइत जुराउन नपर्न अभिव्यक्ति दिएका थिए  ।
यता महायज्ञ आयोजक समितिले महायज्ञ भव्य बन्दै गएको बताएको छ । भक्तजनहरूको सङ्ख्या दिनप्रतिदिन  बढ्दै गएको र अहिले सम्म करिब २० लाख रकम जुटिसकेको आयोजकले जानकारी दिएको  छ ।
चार धाम मध्येको एक धाम रुरु क्षेत्र धामको र्एतिहासिक महत्त्व लाई विश्व सामु चिनाउने मुख्य उद्देश्यका साथ भदौ २८ गते देखि सुरु भएको महायज्ञ असोज १७ गते सम्म चल्ने छ । महायज्ञमा एक करोड पार्थिव शिव लिङ्ग पुजन् गरिने,एकाउन्न हजार व्यक्तिहरूको तुला दान,एकाउन्न सय शान्ति कलश पुजन् ,२१ करोड दिपप्रज्वलन,रु २१ सय रुपैयाँमा प्रत्येक धार्मिक कार्य  गरिने बताइएको छ ।
 साथै महायज्ञ बाट बचेको रकमबाट रिडीमा एसियाकै सबै भन्दा ठुलो शङ्ख, गौशाला निर्माण ,दाह संस्कार गरिँदै आएको स्थलको उचित व्यवस्थापन  र मृगले स्तनपान गराई रहेको मूर्ति निर्माण गरिने  आयोजकले बताएको छ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता