रिडी रुद्रबेणी सडक खण्ड सडक अवरुद्ध !



भदौ -११ गुल्मी ।

अबिरल वर्षाको कारण पहिरो जादा गुल्मीको रिडी रुद्रबेणी सडक खण्ड अवरुद्ध भएको छ । सडक खण्ड अन्र्तगत रुरु क्षेत्र गाउँपालिका वडा नम्वर २ स्थित् साघुरेमा पहिरो खस्दा सडक खण्ड अवरुद्ध भएको हो ।

पानी निरन्तर रुपमा परिरहेको र ढुङ्गा पनि झरिरहेको हुनाले पैदल यात्रा समेत नगर्न रिडीका ट्राफिक हवल्दार जगत खनालले आग्रह गरे। सडक सुचारु गर्न समय लाग्ने प्रहरीले जानकारी दिएको छ । प्रहरीले सर्वसाधारण तथा यातायातका चालकहरुलाई वैकल्पिक सडको प्रयोग गर्न समेत आग्रह गरेको छ । त्यस्तै पहिरोमा फसेको बुटवल देखी रुद्रवेणी तर्फ जादै गरेको ध १ च १४६ नम्बरको डबल क्याप बोलेरोको शकुसल उद्धार समेत गरिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता