मर्भुङमा रहेको प्रगतिशील कृषि तथा पशु विकास महिला सहकारीको प्रथम साधारण सभा सम्पन्न



१० पुस, गुल्मी । गुल्मीको मालिका गाउँपालिका ८ मर्भुङमा रहेको प्रगतिशील कृषि तथा पशु विकास महिला सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभा सम्पन्न भएको छ ।

प्रथम साधारण सभाले तदर्थ समिति गठन गर्दै आगामी एक वर्षको लागी नयाँ नेतृत्व चयन गरेको छ । वडा सदस्य तथा कार्यपालिका सदस्य समेत रहेकी कोपिला नेपालीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा माया खत्री रहेकी छन् भने सचिवमा नेपाली काङ्ग्रेसकी महाधिवेशन प्रतिनिधि समेत रहेकी पुनम अर्याल रहेकी छन् । त्यस्तै कोषाध्यक्षमा वडा सदस्य समेत रहेकी पार्वती पौडेल चयन भएकी छन् ।

त्यस्तै निवर्तमान अध्यक्ष लक्ष्मी केसीको अध्क्षयतामा तीन सदस्यीय लेखा समिति गठन गरिएको छ भने वडा अध्यक्ष टीका जिसिको अध्यक्षयतमा ५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

सिमलटारीमा सम्पन्न प्रथम साधारण सभामा संस्थाकी निवर्तमान सचिव यमुना पौडेलले ८ लाख ७८ हजार ३ सय रुपैँया बराबरको आर्थिक आय व्यय प्रस्तुत गरेकी थिइन् । शुक्रबार भएको कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाकी उपाध्यक्ष देवा अर्यालले महिलाको हक हित र नेतृत्व विकासको लागी सहकारी स्थापना गरिएको बताइन् । साथै यस सहकारी गाउँपालिका र जिल्लाकै नमुना बन्नुपर्ने उनको तर्क थियो ।

त्यस्तै कार्यक्रम वडा अध्यक्ष टीका जिसि, नेकपा एमाले मालिका गाउँपालिकाका अध्यक्ष ओम कार्की,उपसचिव खड्ग नेपाली, नेपाली काङ्ग्रेस मर्भुङका सभापति लेखनाथ अर्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम सहकारीका निवर्तमान अध्यक्ष लक्ष्मी केसिको अध्यक्षता तथा सञ्चालन निवर्तमान सचिव यमुना पौडेलले गरेकी थिइन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता