मालिका रनिङ शिल्डले अन्तरपालिका बिच मित्रवत सम्बन्ध कायम हुनेछ : अध्यक्ष थापा



फागुन १ गुल्मी ।
बागलुङको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापाले मालिका रनिङ शिल्डले अन्तरपालिकाको सम्बन्धलाई थप बलियो बनाउने बताएकी छन ।
आज देखि सुरु भएको मालिका रनिङ शिल्ड र रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई सम्बोधन गर्दै उनले यस्तो बताएकि हुन ।
मालिका गाउँपालिकाले मालिका रनिङ शिल्डको आयोजना गरि छिमेकी स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई भलिबल खेल्न निमन्त्रणा गर्यो जुन अत्यन्तै अनुकरणीय छ ।
यस्ता प्रतियोगिताले स्थानीय तह बिच आत्मियता बढ्नुका साथै अनुभव आदानप्रदान गर्न सहज हुने उनको भनाई थियो । साथै आफ्नो माइती गाउँ तथा मावल गुल्मी रहेको जानकारी गराउदै गुल्मी जिल्ला टेक्न साथ आफुलाई गर्व महसुस हुने अध्यक्ष थापाले उल्लेख गरिन ।
फरक प्रसङ्गमा मालिका गाउँपालिका अध्यक्ष देवीराम अर्यालका पिता डिलराम अर्यालको निधन प्रती दुख व्यक्त गर्दै उहाँको दु:खमा आफू संगै रहेको बताईन ।
आज देखि सुरु भएको मालिका रनिङ शिल्ड तथा रास्ट्रपति रनिङ शिल्ड फागुन ३ गते सम्म चल्ने छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता