मालिका रनिङ शिल्ड:यी स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी समुह चरण बाटै बाहिरिए !.



फागुन १ गुल्मी ।
आज देखि सुरु भएको मालिका रनिङ शिल्ड प्रतियोगिता रोचक ढंगले अघि बढ्ने देखिएको छ । मालिका रनिङ शिल्ड र राष्ट्रपति रनिङ शिल्ड सङसङै आयोजना गरिएतापनी सबैको ध्यान मालिका रनिङ शिल्डको भलिबल प्रतियोगितामा केन्द्रित रहेको छ ।
अन्तर पालिका स्तरीय जनप्रतिनिधि र कर्मचारी सङसङै मालिका गाउँपालिका भित्रका १६ समूह सहभागी हुने भए पछि भलिबल प्रतियोगिता रोचक बनेको हो ।
आज पहिलो दिन ६ वटा खेल भएका छन ।
जहाँ इस्मा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका दुबै टिम समुह चरण बाट बाहिरिएका छन । इस्माको कर्मचारीको समूह बागलुङको बडिगाड गाउँपालिकाको कर्मचारीको समूह संग २-० को सोझो सेटमा पराजित हुँदा ,जनप्रतिनिधिको समुह आयोजक मालिका गाउँपालिका संग २-० को सोझो सेटम स्तब्ध हुँदै घर फर्कियो ।

त्यस्तै आजै भएको अर्को खेलमा बडिगाड गाउँपालिकाको जनप्रतिनिधि समुहले मदाने गाउँपालिकालाई २-१ को सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ।
खेलपछि गुल्मी अपडेट सङ संक्षिप्त कुराकानी गर्दै मदानेका खेलाडी जनप्रतिनिधिले सुशील चंदले दुई स्थानीय तहबिच आत्मीयता बढाएको र मालिका गाउँपालिकाले नौलो कार्यक्रमको सुरुवात गरेको प्रतिक्रिया दिए ।

प्रतियोगितामा मालिका गाउँपालिका भित्रका प्रत्येक वडा बाट एक /एक समूह र शिक्षण संस्था बाट ८ समुह सहित कुल २६ समुहको सहभागीता रहेको छ ।
प्रतियोगितामा जनप्रतिनिधि ,कर्मचारी ,वडाको समूह र शिक्षकहरुको एक /एक समूह अन्तिम चारमा प्रवेश गर्ने सूचना प्रविधि अधिकृत जगत पौडेलले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेले नगद रु. ३५,०००, मालिका रनिङ्ग शिल्ड, ट्रफि,मेडल र प्रमाण पत्र ,
द्वितीय हुनेले नगद रु. २५,०००, ट्रफि,मेडल र प्रमाण पत्र प्राप्त गर्दा तृतिय हुनेले नगद रु. १५,०००, ट्रफि,मेडल र प्रमाण पत्र र सान्त्वना हुनेले नगद रु. १०,०००, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास खनालले जानकारी दि।
प्रतियोगिता पर्सि ३ गते सम्म चल्ने छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता