मालिका गाउँपालीकाको शैक्षिक विकासको लागि वृहत् भेला !



डि.बी खड्का,भदौ २२ गुल्मी ।

गुल्मीको मालिका गाउँपालीकामा शैक्षिक विकासको लागि वृहत् भेला सप्पन्न भएको छ । निजामती सेवा दिवस ,४० औ शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शैक्षिक भेलाको आयोजना गरिएको हो ।

मालिका गाउँ पालिकाको वर्तमान शैक्षिक अवस्था तथा दीगो शैक्षिक विकासका लागि महत्त्वपूर्ण टेवा पुग्ने लक्ष्यका साथ गाउँपालीकाले शैक्षिक भेलाको आयोजना गरेको हो ।

जिल्लाकै विकट मानिने मालिका गाउँपालीका भित्र अहिलेपनि विद्यालय उमेर समूहका १०० जना भन्दा बढी बालबालीका विद्यालय बाहिर रहेको र झन्डै आठ हजार विद्यार्थी विद्यालयलमा अध्ययनरत रहेको मालिका गाउँपालीकाका शिक्षा शाखाका संयोजक शोभाखर गिरिले बताए ।

मालिका गाउँपालीकाको शैक्षिक प्रगति विवरणमा शिक्षा विद् शशी पन्थीले आवश्यक सुझाव दिएका छन् । शिक्षा विद्, समाजसेवी, शिक्षासँग सरोकार राख्ने तथा शैक्षिक क्षेत्रमा कार्यरत व्यक्तिहरूको उत्साहजनक सहभागी रहेको कार्यक्रममा विभिन्न क्षेत्रबाट शिक्षाको क्षेत्रमा योगदान दिने शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुली, विभिन्न राजनीतिक दलका प्रतिनिधि हरू, मालिका गाउँ पालिका भित्र अध्यापन गराउने शिक्षक र विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता