मालिका गाउँपालिका ८ मा ३० वर्ष पछि एमालेको विरासत ढल्यो !



जेठ १ गुल्मी ।

मालिका गाउँपालिका ८ मा ३० वर्ष पछि नेकपा एमालेको विरासत ढलेको छ । स्थानीय तहको निर्वाचन २०७९ मा सत्तारुढ दलको गठबन्धनले नेकपा एमालेको विरासतलाई ढालेका हुन । गठबन्धनले वडा अध्यक्ष सहित सबै सदस्यमा जित हासिल गरेको छ ।
गठबन्धनका वडा अध्यक्ष पदका उम्मेदवार नेकपा माओवादी केन्द्रका सुर्य बहादुर जिसिले नेकपा एमालेका उम्मेदवार रोशन पौडेललाई एक सय ७९ मत अन्तरले पराजित गरेका छन । जिसिले एक हजार १२ मत प्राप्त गर्दा पौडेलले आठ सय ३३ मत प्राप्त गरे  ।
त्यस्तै सदस्यहरुले पनि फराकिलो मत अन्तरले एमालेका उम्मेदवार हरुलाई पराजित गरेका छन । गठबन्धनका चारै जना उम्मेदवारले एक सय ४० मत अन्तर भन्दा धेरै मत ले पराजित गरेका छन ।
सदस्यहरुमा महिला सदस्य लक्ष्मी केसी,दलित महिला सदस्य गोमा सुनार,खुल्ला सदस्य लेखनाथ पौडेल र सागर गिरी विजयी भएका छन ।
मालिका गाउँपालिका ८ मर्भुङ्गमा नेकपा एमालेले २०४९ साल देखि निरन्तर रुपमा चुनाव जित्दै आएको थियो । ३० वर्ष पछि एमालेको विरासत ढाल्न पाउँदा गठबन्धनका उम्मेदवार सङै समर्थक खुसी भएका छन भने नेकपा एमालेमा निराश पैदा भएको छ ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता