मालिका गाउँपालिकाका किसानले पाए,नौ वटा हाते ट्याक्टर र प्राङ्गारिक मल !



असार-१३ गुल्मी ।

गुल्मीको मालिका गाउँपालिकाले धान प्रवर्द्धन खेती कार्यक्रम अन्तरगत ७५ जना किसानलाई कृषि औजार सहित र प्राङ्गारिक मल वितरण गरेको छ ।

आइतबार वडा नम्बर छ अर्जैका ७५ जना किसानलाई चार सय बोरा प्राङ्गारिक मल र नौ वटा हाते ट्याक्टर गाउँपालिका अध्यक्ष रित बहादुर थापा र त्यस वडाका वडा अध्यक्ष शोभाखर गिरीले हस्तान्तरण गरेका हुन।

गाउँपालिकाको धान खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत वडा नम्बर छ अर्जैका ७५ जना किसानले अर्जैबेसी फाटमा यो वर्ष तीन सय रोपनी जग्गामा संयुक्त रुपमा धान उत्पादन गरिरहेका छन ।

केहि समय अगाडि गाउँपालिकाले त्यहाँका किसानको लागी तीन सय क्विन्टल उन्नत जातको धानको बिउ वितरण गरेको थियो ।

त्यस्तै गाउँपालिकाको धान उत्पादन हुने मुख्य वडाहरु वडा नम्बर छ ,सात र आठमा धान प्रवर्द्धन खेती कार्यक्रम सञ्चालन गरिएको छ ।
अन्य दुई वटा वडा सात र आठमा पनि कृषि उपकरण सहित मल वितरण गरिने वडा नम्बर छ का वडा अध्यक्ष शोभाखर गिरीले जानकारी दिए । मालिका गाउँपालिकाले धान प्रवर्द्धन खेतीको लागि ११ लाख रकम विनियोजन गरेको छ

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता