मालिकाले पाँच क्षेत्रमा वर्गीकरण गरेर आवधिक योजना बनाउने



फागुन २३ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिकाले आवधिक योजना बनाउने भएको छ ।
योजनाहरुको पाँच क्षेत्रमा वर्गीकरण गरेर आवधिक योजना बनाईने गाउँपालिकाका प्रवक्ता ज्ञान कुमार बुढा मगरले जानकारी दिए ।

आर्थिक विकास,सामाजिक विकास,भौतिक पुर्वाधार विकास,वन वातावरण संरक्षण तथा विपद व्यवस्थापन र संस्थागत विकास तथा सुशासन गरि पाँच क्षेत्रका योजनाहरुको आवधिक योजना बनाउन सुरु गरिएको गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले जानकारी दिए । मुख्य गरि पाँच शिर्षकमा योजना बाड्फाड गरेपनी त्यस भित्र विभिन्न क्षेत्रका ३८ वटा क्षेत्रका योजनाहरु समेटिने गाउँपालिकाले जानकारी दिएको छ ।

आवधिक योजनलाई प्रभावकारी र दिगो बनाउन योजना तर्जुमा सम्बन्धि गाउँपालिकाले विभिन्न क्षेत्रका विज्ञहरू संग छलफल तथा परामर्श समेत गरेको छ ।
गाउँपालिकाको वस्तुगत अवस्था , जनताको आवश्यकता ,गाउँपालिकाको स्रोत साधन परिचालन,गौरवका योजना , विभिन्न विषय क्षेत्रगत सम्भावना तथा चुनौती सम्बन्धि गाउँपालिकाले एक दिने अभिमुखिकण र दुई दिने कार्याशाला गोष्ठी सम्पन्न गरेको गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालले जानकारी दिए ।

आवधिक योजना बनाएर काम गर्दा गाउँपालिकाको दिगो विकास हुनुका साथै पालिकाले लिएको लक्ष्य पूरा गर्न सहज हुने योजना शाखाका प्रमुख अशर जिसीले बताए ।

आवधिक योजनाहरु आउँदो आर्थीक वर्ष देखि लागु हुने गाउँपालिकाले जनाएको छ ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता