मालिकाको नयाँ नीति : लोकल रक्सिलाई ब्राण्ड बनाउने ऐन पारित



१० असार, गुल्मी । देशभर लोकल रक्सीलाई ब्राण्डको रूपमा विस्तार गर्नुपर्ने भन्ने बहस चलिरहँदा गुल्मीको मालिका गाउँपालिकाले भने लोकल रक्सीलाई ब्राण्ड बनाउने ऐन नै पारित गरेको छ ।

बिहीबार गाउँपालिकाको नवौं गाउँसभाबाट स्थानीय मदिरा ऎन (कोदो तथा खुर्पानीको रक्सी ) उत्पादन ,ब्राण्डिङ, बिक्री वितरण तथा व्यवस्थापन ऐन बहुमतले पारित भएको हो ।

स्थानीय स्तरमै उत्पादन हुने कोदो र विभिन्न फलफूलको रसबाट उत्पादन हुने मदिरालाई ब्राण्डको रुपमा ऐन बनाएर अगाडि बढाउने मालिका गाउँपालिका जिल्लामै पहिलो गाउँपालिका हो ।

नेपालको सविधान २०७२ को अनुसूची ८ ले दिएको अधिकार प्रयोग गर्दै उक्त ऐन जारी गरिको गाउँपालिकाले जनाएको छ ।

उत्पादित लोकल मदिराको गाउँपालिकाले गुणस्तर मापन गरि स्टिकर टास्ने र शिलबन्दी गर्ने बताईएको छ । साथै लोकल मदिरालाई ब्राण्ड बनाउनका लागि विभिन्न निति नियम बनाईएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले बनाएको नीति तथा नियम भन्दा बाहिर जानेलाई ५० हजारसम्म जरिवाना गर्न सकिने व्यवस्था समेत गरिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता