माघ ३० गते सार्वजनिक बिदा दिने सरकारको निणर्य

माघ २७ ।
सरकारले माघ ३० गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारको अवसरमा बिदा दिने निर्णय गरेको हो ।
नेपाल तामाङ घेदुङले सरकारसँग पटकपटक सोनाम ल्होछारमा बिदा दिन ध्यानाकर्षण गराउँदै आएको थियो।