महान् जनयुद्धको तयारी, सुरुवात र विकास !



कात्तीक- ४ गुल्मी ।

वैधानिक मोर्चा द्धारा संसद्भित्रैबाट संसदिय व्यवस्थाको भण्डाफोर गरिरहेको नेकपा एकता केन्द्रले २०४८ सालमै पार्टीको एकता महाधिवेशन चितवनमा सम्पन्न गर्यो ।
पार्टीको मार्गदर्शक सिद्धान्तमा माक्र्सवाद -लेनिनवाद -माओवाद बहुमत द्धारा पारित गरियो । पार्टीको नाम नेकपा  (एकता केन्द्र)
नै राखियो ।
पार्टीको कार्यदिशा ‘दीर्घकालीन जनयुद्ध’ बहुमतद्धारा पारित गरियो । पार्टीको मुख्य नेतृत्वमा प्रचण्डलाई चयन गरियो ।
राष्ट्रिय महाधिवेशनले पारित गरेको दीर्घकालीन जनयुद्धको कार्यक्रमलाई तीव्र रुपले अगाडी बढाउन तयारीमा जुट्यो ।
निर्मल लामा समुहलाई यो कुरा चित्त बुझेन । उनिहरु जनयुद्धको विरोध गर्ने थाले । पार्टीले निर्मल लामालाई कारबाही गर्यो ।

२०५१ साल साउनमा प्रथम राष्ट्रिय भेला गरी पार्टीको नेकपा माओवादी राखियो । निर्मल लामा समुहले छुट्ै भेला गरी नेकपा एकता केन्द्रनै कायम राख्यो । नेकपा माओवादीले चार तयारीलाई तीव्र पार्नुका साथै ग्रामीण वर्गसङघर्षमा पार्टी होमियो । काग्रेंसको बहुमतको सरकारले गरेका दमनका विरुद्ध गाउँ गाउँमा प्रतिरोध अगाडी बढ्यो ।
‘प्रतिक्रियावादी सत्तालाई ध्वस्त पारौं ! महान जनयुद्ध बाटोमा अघि बढौं  ! भन्ने नाराका साथ २०५२ साल फागुन १ गते देशका विभिन्न स्थानमा फौजी आक्रमणसहित जनयुद्धको थालनी गरियो । महान जनयुद्धको थालनीसंगै प्रतिक्रियावादी सत्ताधारी वर्ग पासविक तरिकाले दमनमा उत्रियो ।
२०५२ साल फागुन १४ गते गोरखामा नाबालक विद्यार्थी दिल बहादुर रम्तेलको गोली हानी हत्या गरियो । हत्या, दमन र लुटपाटको प्रतिरोध गर्न छापमार कारबाही तीव्र पारियो । २०५५ सालमा चौथो विस्तारीत बैठक बसी छापमार कारबाहीलाई अझ माथी उठाऔं भन्ने नारा सहित दुश्मनका विरुद्धका हमलालाई व्यापक रुपमा अगाडी बढाईयो ।
२०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलन गरी आधार इलाका निमार्णको दिशामा अघि बढौं  ! भन्ने नारा तय गदै केन्द्रिय जनपिरषद् अर्थात केन्द्रिय जनसरकारको घोषणा , विभिन्न स्वायत प्रदेश जनसरकार , जिल्ला जनसरकार , गाउँजनसरकार वडा जनसरकारहरुको निर्वाचन र घोषणालाई व्यापक बनाईयो । आधार इलाकाहरुमा कामकाजी जनसरकार घोषणा गरी जनकम्युन, जनशिक्षालय, जनस्वास्थ्य, जनआन्दोलनहरुले सत्ताको राम्रो अभ्यास गर्ने थालेका थिए । भने स्वायत इलाकाहरुमा प्रचारत्मक कामलाई अगाडी बढाएका थिए ।
२०५८ जेठ १९ गते तत्कालिन राजा बिरेन्द्रको सबै परिवारको हत्या पछि सत्तामा अर्थात राजाको कुर्सीमा आशिन ज्ञानेन्द्रले सम्पुर्ण सत्ता आफ्नो हातमा लिए ।
र संसद विघटन गरे तत्कालीन राजा बिरेन्द्रको वंशनाश र ज्ञानेन्द्र शाहको निरंकुशताले जनतामा राजत्रत्माक व्यवस्था प्रतिको अविश्वास झनै तीव्र भयो । २०५८ मंसिर ८ गते जनमुक्ती सेनाले तत्कालीन शाहि नेपाली सेनाको व्यारेक दाङमा भिषण हमला गर्यो ।
व्यारेक पुर्ण कब्जामा लिन सफल भएको जनमुक्ती सेनाले थुप्रो मात्रमा आधुनिक हात हतियार गोला बारुद कब्जा गर्ने सफल भयो । शाहि सेनाका माथीको सफल आक्रमण बाट पार्टी र आम क्रान्तीकारी जनतमा खुसियाली छायो ।
प्रतिक्रियावादी सत्ताधारी, वर्ग अतालिन पुग्यो । २०५८ मंसिर ११ गते देशमा संकटकालको घोषणा गरी शाही सेना परिचालन गर्यो । पुराना सत्ताको अन्तिम प्रमुख शक्ती तत्कालिन शाही नेपाली सेनको दमनलई चिर्दै क्रान्तिकारी जनमुक्ती सेना अगाडी बढ्दै गयो । महान् जनयुद्ध लाई दबाउन संकटकाल लगाई नेकपा माओवादी लाई आतंकारीको बिल्ला भिराउने काग्रेंस एमाले लगायत सात वटा संसदवादी राजनीतिक दलहरु तत्कालीन  नेकपा माओवादीसंग २०६२ मा १२ बुंदे सम्झौता गर्न पुगे ।
१२ बुंदे सम्झौता संगै महान् जनयुद्धको जगमा २०६२/६३को ऐतिहासिक जनआन्दोलनका कारण ज्ञानेन्द्र शाह पछि हट्न बाध्य भए । संसदवादी काग्रेंस एमालेहरुले आफ्नो विघटित संसदलाई ब्युत्याउन महान जनयुद्धको साहारा लिन पुगे ।

स्रोत मालेमावादको प्रारम्भिक ज्ञानपुञ्ज- भेषराज भुसाल ।

प्रतिक्रिया दिनुहोस्
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता