मन्त्री झाक्रीको पहलमा तम्घासका सडक स्तर उन्नतीको लागी ५ करोड रकम विनियोजन



काठमाडौ ४ माघ ।

शहरी विकास मन्त्री रामकुमारी झाक्रीको पहलमा तम्घासका सडकका लागि ५ करोड रुपैया वजेट परेको छ । सदरमुकाम तम्घास वजार क्षेत्रका सम्पूर्ण कालोपत्रे सडकहरुको मर्मत गर्नका लागि मन्त्री झाक्रीको पहलमा ५ करोडको टेण्डर भएको छ । शहरी विकास मन्त्री रामुकमारी झाक्रीले सडकका लागि वजेटको ब्यवस्था मिलाएर संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीलाई सोमवार तत्काल टेण्डर प्रकृया अगाडि बढाउन निर्देशन दिएकी थिइन । मन्त्रीकै निर्देशनमा रुपन्देहीले मगंलवार टेण्डर निकालेको हो ।

लामो समयदेखि सदरमुकाम तम्घास वजार क्षेत्रका कालोपत्रे सडकहरु भत्केर खाल्डाखुल्डी भएकाले एकीकृत समाजवादी गुल्मी पार्टीका जिल्ला इन्र्चाज गणेश खनाल,अध्यक्ष नरेश भण्डारी,नेताहरु हिमाल थापा,श्रीराम महत,राजेन्द्र सुनार,राममल्ल ठकुरी,महेन्द्र भण्डारी लगायतका नेताहरुसगै रेसुङ्गा नगरपालिका मेयर डिल्लीराज भुसाल,नेपाली काग्रेस जिल्ला सभापति खिलध्वज पन्थीले समेत मन्त्री रामुकमारीलाई उक्त सडक मर्मतका लागि वजेटको व्यवस्था मिलाईदिनुहुन आग्रह गरेका थिए । उक्त आग्रहलाई स्वीकार गदै मन्त्री झाक्रीले तम्घासका सडकका लागि ५ करोड वजेटको ब्यवस्था गरेकी हुन ।

झुटको खेती नगर्न मेयर डिल्लीराजको आग्रह

रेसुङ्गा नगरपालिका मेयर डिल्लीराज भुसालले झुटको खेती नगर्न आग्रह गरेका छन । सदरमुकाम तम्घास वजार क्षेत्रका सम्पूर्ण कालोपत्रे सडकहरुको मर्मत गर्नका लागि परेको वजेटको विषयमा गलत प्रचारप्रसार नगर्न मेयर भुसालले आग्रह गरेका छन । तम्घास वजार क्षेत्रका सडकहरुका लागि ५ करोड रुपैया वजेट आफ्नो आग्रहमा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले रकमको व्यवस्था मिलाइदिएको मेयर भुसालले बताए ।

मैले अघिल्लो सरकारका मन्त्री ज्यूहरुलाई पनि आग्रह गरेको थिए उनले भने“कहिवाट मेसो भएन, अहिले गुल्मेली मन्त्री हाम्री चेली रामकुमारी ज्यूले मेरो आग्रहलाई मानेर वजेटको व्यवस्था मिलाइदिनुभएको हो ।” रकम मिलाई टेण्डर समेत निकाल्ने काम गरिदिनुभएकाले मेयर भुसालले मन्त्री ज्यूलाई धन्यवाद समेत ब्यक्त गरेका छन ।

उनका अनुसार तम्घास वजारको कालोपत्रे गर्नका लागि परेको ५ करोड वजेटको विषयमा आफुले मन्त्री रामकुमारी झाँक्रीले आफ्नो आग्रहमा परेको कुरा भाषण नै गर्न पनि तयार रहेको बताए । तम्घासको सडक कालोपत्रे गर्ने लगायतका रेसुङ्गा नगरपालिका भित्रका अन्य ३÷४ वटा योजनाहरुको वारेमा समेत आफुले शहरी विकास मन्त्री ज्यूसगँ वजेटको व्यवस्था मिलाईदिनका लागि आग्रह गरेको मेयर भुसालको भनाई रहेको छ ।

यो विषयमा म पत्रकार सम्मेलनको आयोजना गर्न समेत तयार छु मेयर भुसालले भने“कसैले सामाजिक सञ्जालमा अरु कसैले मेरो पहल र मैले पारेको हो भनेर दाव नगर्दा हुन्छ,अहिलेको पैसा रामकुमारी ज्यूलेनै पारेको हो ।” तम्घास वजारका सडकहरुको लागि भन्दै मगंलवार मात्रै ५ करोडको टेण्डर भएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता