भोलि २५ गते मालिकाको अर्जैमा आउदै छन् विशेषज्ञ डाक्टर,यी रोगका बिरामीलाई हुनेछ सुनौलो अवसर



भदौ २४ गुल्मी ।

गुल्मीको मालिका गाउँपालिका ६ अर्जैमा भोलि अर्थात भदौ २५ गते विशेषज्ञ डाक्टरहरुको टोली आउने भएको छ । अर्जै स्थित विश्व मेडिकल हल तथा एन्टन प्याथ ल्याबमा बुटवलमा कार्यरत बरिस्ठ प्रसुती महिला रोग विशेषज्ञ डाक्टर प्रदिप कुमार श्रीवास्तव र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत नशा तथा मनोरोग विशेषज्ञ डाक्टर असिम रेग्मी सहितको स्वास्थ्य टोली आउन लागेको स्वास्थ्यकर्मी खेमराज पोख्रेलले जानकारी दिए ।

नशा तथा मनोरोग सम्बन्धि, टाउको सम्बन्धि समस्या,आत्तिने रोग,मनमा धेरै कुरा खेल्ने, नकारात्मक सोचबिचार धेरै आउने, चिन्ता धेरै लाग्ने
मुटुको धड्कन बढ्ने, निराशापन सम्बन्धी रोग, कुलत/दुर्ब्यसन,साइकोसिस ,बालबालिकामा देखिने मानसिक समस्या ,बृद्धावस्थामा देखिने मानसिक समस्या लगायतका बिरामीले स्वास्थ्य सेवा लिन सक्नेछन् ।

त्यस्तै स्त्री तथा प्रसुती ओपिडी सेवा, महिनावारी गठबडी,सेतो पानी बग्ने,महिनावारी हुँदा धेरै रगत बग्ने, गर्भवतीको चेकजाँच ,पाठेघर खसेको उपचार ,पाठेघर र पाठेघरको मुखको क्यान्सरको जाँच ,स्तनको गाठागुठिको उपचार , नि सन्तानको उपचार तथा परामर्श समेत दिईने बताईएको छ । साथै भिडियो एक्सरेको सुबिधा समेत रहेको स्वास्थ्यकर्मी पोख्रेलले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता