भिर बाट लडेर गुल्मीमा एक जनाको ज्यान गयो !



डि.बि खड्का भदौ ३१ गुल्मी ।
गुल्मीमा भिर बाट लडेर एक जनाको ज्यान गएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर एक बस्ने ४३ वर्षीय बिरहादुर केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिएसपी मिनबहादुर घलेले जानकारी दिए  ।
पसलमा सामान किन्न गएका केसी  घर नफर्किए पछि  परिवारले खोज्दै जाँदा भिरबाट लडेर मृत अवस्थामा भेटिएको  प्रहरीले भनाई  छ । अहिले उनको शव पोस्ट मार्टमको लागी गुल्मी अस्पताल तम्घासमा ल्याइएको छ । केसी भिर बाट करिब तीन सय मिटर तल खसेको बताइएको छ ।
त्यस्तै यता जिल्लाको मदाने गाउँ पालिकामा पनि भिरबाट लडेर सोमवार एक जनाको ज्यान गएको थियो ।  मदाने गाउँपालिकाको  वडा नम्बर ५ मलागिरीमा ४५ वर्षीय नरे सार्कीको भिरबाट लडेर ज्यान गएको हो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता