भगवती युवाक्लब द्वारा निन्युखर्क माविमा अक्षय कोषको स्थापना



फागुन -१६ गुल्मी ।

शैक्षिक प्रोत्साहन पुरस्कार अन्तर्गत भगवती युवा क्लब धुर्कोट गाउँपालिका- ३ हाडहाडे सोही स्थानको निन्युखर्क माध्यामिक विद्यालयमा ६२ औं बार्षिक उत्सवको अवसरमा अक्षय कोषको स्थापना गरेको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ओम बहादुर थापालाई  १०,००० रकम हस्तान्तरण गर्दै अक्षय कोषको स्थापना गरिएको हो ।
विद्यार्थीहरुलाई वार्षिक रूपमा प्रोत्साहन स्वरूप त्यसबाट प्राप्त हुने ब्याज बाट केहि रकम र प्रशंशा पत्रले सम्मान गर्ने योजना रहेको छ ।

विद्यालय प्रथम, विद्यालय द्वितीय, विद्यालय तृतीय, अनुशासित र सरसफार्इमा ख्याल गर्ने पाँच जना विद्यार्थीहरुलाइ पुरस्कृत गर्ने योजना अनुरुप विद्यालय व्यवस्थापन समिति संगको सहकार्यमा अक्षय कोष स्थापना गरिएको क्लबका सदस्य प्रकाश खत्रीले जानकारी दिए ।

कार्यक्रममा क्लबका अध्यक्ष यस केसिले “हाम्रो क्लबको तर्फबाट प्रदान गरिने उक्त पुरस्कार राशी र सम्मान पत्रले विद्यार्थीहरुमा पढाइप्रती प्रतिस्पर्धाको भावना जगाउँदै शैक्षिक स्तर उकास्न मद्दत पुर्याउने विश्वास व्यक्त गरे “। यसरी नै हाडहाडे भित्रका सम्पुर्ण विद्यालयहरुमा अक्षयकोष संचालन गर्ने तयारी रहेको अध्यक्ष के सि ले उल्लेख गरे ।
कार्यक्रमको लागि आर्थिक सहयोग गर्ने समाजसेवी भरत खत्री, पितम जि सि, रोशन खड्कालाई क्लबले धन्यवाद ज्ञापन गरेको छ ।
कार्यक्रममा धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता