बेपत्ता भएको १६ दिन पछि गुल्मीका एक पुरुष मृत फेला !



असोज १४ गुल्मी ।
गुल्मीका एक युवा बेपत्ता भएको १६ दिनपछि मृत फेला परेका छन् । जिल्लाको मालिका गाउँपालिका– ७ घमिर दीर्घका ३१ वर्षका लेखनाथ पन्थी मृत अवस्था फेला परेका हुन्। शारीरिक र मानसिक रूपमा अशक्त उनी भदौ २८ गतेदेखि बेपत्ता भएका थिए। बुधबार पन्थीको शव घर नजिकैको गरेङखोलाको जंगलमा सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

स्थानीयले निउरो टिप्न जाने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए।

घरबाट हराएपछि भदौ २९ गते परिवारले खोजी गरिदिन जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए। शवको पोस्टमार्टम गरेर परिवारलाई बुझाइएको गुल्मी प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता