प्रविधि मैत्री बन्दै रेसुङगा क्याम्पस,प्रदेशमै उत्कृष्ट बनाउने मन्त्री बरालको दावी



डिबि खड्का ,माघ २१ गुल्मी ।

गुल्मीको रेसुंगा नगरपालिका स्थित् ि रेसुङगा बहुमुखी क्याम्पसको लागी पाँच नम्वर प्रदेशको सामाजिक विकास मन्त्रालयले १५ लाख रकम विनियोजन गरेको छ । क्याम्पसको सुचना प्रविधि र उपरकणको लागी रकम विनियोजन भएको रेसुंगा बहुमुखी क्याम्पसका स्ववीयु सभापती श्रीराम महतले जानकारी दिएका छन् ।

मन्त्रालय बाट विनियोजित रकमले सुचना प्रविधि कक्षा कोठा सञ्चालन गर्ने,स्मार्ट बोर्डको व्यवस्था गर्ने,मास्टरको कक्षाकोठा व्यवस्थापन गर्ने,सुचना सवटेरको माध्यम बाट सुचना प्रवाह गर्न,मन्त्रालयले रकम विनियोजन गरेको क्याम्पस प्रमुख हरी बहादुर खत्रीले जानकारी दिए ।
यता सामाजिक विकास मन्त्री सुर्दशन बरालले पनि “बहुमुखी क्याम्पसलाई युग अनुसार प्रविधिको विकास गरि शैक्षिक गुणस्तरलाई थप मजवुत बनाउन प्रदेश सरकार निरन्त्रर लागी रहेको बताएका छन् ” ।
रेसुङगा बहुमुखी क्याम्पसलाई प्रदेशमै उत्कृष्ट क्याम्पस बनाउन आफुहरु लागी परिरहेको भन्दै “क्याम्पसको चौतर्फी विकासको निम्ती रकम अभाव हुन नदिने मन्त्री बरालले दावी गरे “।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता