प्युठानमा बाख्रा चराउन गएकी महिलाको भिर बाट लडेर मृत्यु !

भदौ- ३ प्युठान ।
प्युठानमा भिर बाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मल्लरानी गाउँपालिका -१ की ४० वर्षीया बसन्ती नेपालीको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले गुल्मी अपडेटलाई जानकारी दिए ।
बाख्रा चराउन गएकी नेपालीको सोही वडाको भैसीबान्ने डाडोँको भिरबाट लडेर आज दिउंसो दुई बजेको समयमा घटना स्थलमै ज्यान गएको हो । घटना के कती कारणले भयो, भन्ने बारेमा थप अनुसन्धान भैइरहेको प्युठान प्रहरीले जनाएको छ ।