प्युठानमा पोखरीमा डुबेर दुई वर्षीय बालकको मृत्यु !



असार -७ ।

प्युठानमा पोखरीमा डुबेर दुई वर्षीय बालकको मृत्यु भएको छ। झिमरुक गाउँपालिका–६ तोरवाङका स्थानीय वसन्त बहादुर केसीका दुई वर्षीय छोरा यमन केसीको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

आज बिहान करिब ८ बजे तिर घरदेखि करिब ५०० मिटर उत्तरमा रहेको पोखरीमा डुबेर  घाइते भएका यमन केसीको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता