पेसाको सम्मानहुने गरी गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकलाई अध्यक्ष अर्यालको आग्रह !



जेठ १५ गुल्मी ।

मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले शिक्षण पेसाको सम्मान हुने गरी गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकलाई आग्रह गरेका छन् ।
शनिबार गाउँपालिकामा विभिन्न तीन दल निकट शिक्षक सङठनले आयोजना गरेको जनप्रतिनिधिलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्ष अर्यालले यस्तो बताएका हुन ।
“शिक्षा विकासको महत्त्वपूर्ण आधार हो,विकासको आधार तपाईंहरुको हातमा छ ” अर्याल भने  ” गुणस्तरीय शिक्षा प्रदान गरि शिक्षाकै कारण बसाइँसराइ गर्ने चलनको अत्य गर्नु पर्छ त्यसको लागी तपाईंहरु तयार रहनुहोस “।
साथै शिक्षाको विकास र शिक्षण पेसा प्रती आफू सधै सकारात्मक रहेको उल्लेख गर्दै लामो समय सम्म विद्यालय व्यवस्थापन समितीको अध्यक्षको रुपमा काम गरेको स्मरण गर्दै विद्यालयका समस्याको समाधान प्रती आफू सधै लागी पर्ने बताए ।
यस्तै शिक्षकहरुले पनि नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्दै विभिन्न सुझाव दिएका छ्न । घोषणापत्रमा एक वडामा एक नमुना विद्यालय बनाउने रहेको स्मरण गर्दै त्यस तर्फ ध्यान दिन आग्रह गरेका छन भने शिक्षकहरुको दरबन्दी मिलान र राजनीतिक आस्थाका आधारमा शिक्षकहरूलाई विभेद नगर्न सुझाव दिइएको एकीकृत अखिल नेपाल शिक्षक संगठन मालिका गाउँपालिकाका अध्यक्ष धनिश्वर अर्यालले जानकारी दिए ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता