पाँचदिनमा आगलागी बाट आठ सय हेक्टर वन क्षेत्र ध्वस्त



माघ १९ ।

मनाङको नासोँ गाउँपालिका ६, ७ र ८ का विभिन्न वनक्षेत्रमा पाँच दिनदेखिको आगलागीले झन्डै आठ सय हेक्टर क्षेत्रफलको वन क्षेत्र ध्वस्त भएको छ ।

शनिबारदेखि आगो फैलिने क्रम केही कमी भए पनि तीव्र हावाका कारण जोखिम भने उत्तिकै रहेको स्थानीले बताएका छन् ।

अग्लो र अप्ठेरो भीरको सिरान क्षेत्रमा रुखका मुढामा सल्केको आगो अझै ननिभेकाले फैलिने त्रास रहेको स्थानीयको भनाई छ ।

सिजनमा पनि हिउँ र पानी नपर्दा बढी सुख्खा भएको त्यो क्षेत्रमा लागेको आगो नियन्त्रणमा निकै सकस भएको स्थानीय प्रशासनले बताएको छ । यो समाचार आजको नागरिक दैनिकमा सन्तोष पोखरेलले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता