पहिरोले इस्माका दुई घर भत्किए एक जना घाईते !



असार १ गुल्मी ।

लगातकारको वर्षाका कारण इस्मा गाउँपालिकाका दुई वटा घर भत्किएका छन् । गाउँपालिकाको वडा नम्वर पाँच मैदानका राजेश परियारको निमार्णाधिन घर भत्किदा उनकी २९ वर्षीषा श्रीमती जानकी परियार घाईते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषत्तम पाण्डेले जानकारी दिए ।उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
घरका अन्य सदस्यहरु सकुशल रहेका छन् । उनिहरुको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक महेश्वर उपाध्यको नेतृत्वको टोलीले उद्धार गरेको हो ।

 

त्यस्तै वडा नम्वर एक उजुङ्गका छत्र बाहदुर पछाईको घर पनि पहिरोले भत्किएको छ । माथी बाट पहिरो सहित खसेको ठुलो ढुंगाले घरमा पुर्ण रुपमा क्षेती पुगेको इस्मा गाउँपालिकाका उपाध्यक्ष बिमला खत्रीले जानकारी दिए ।
उनिहरुलई सुरक्षीत स्थानमा सारिएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै लागतारको वर्षाका कारण जिल्लाका विभिन्न सडक खण्डहरु अबरुद्ध भएका छन् । भने बस्तीहरुमा पनि क्षेती पुगेको छ । घटनाको विविरण आउने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषत्तम पाण्डेले जानकारी दिए ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता