पत्रकारलाई रोगमा लागेमा उपचार र उत्कृष्ट काम गरे पुरस्कार गर्ने मालिका गाउँपालिकाको नीति



१० असार, गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले आर्थिक वर्ष २०७८-७९ मा पत्रकारहरुका लागि नयाँ र नौला नीति तथा कार्यक्रम ल्याएको छ ।

बिहिबार गाउँपालिकाको नवौं गाउँसभामा गाउँपालिका अध्यक्ष रित बहादुर थापाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पत्रकारहरुका लागि नयाँ कार्यक्रम प्रस्तुत गरेका हुन् ।

मालिका गाउँपालिकाले यस गाउँपालिकाका स्थायी बासिन्दा भई पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारहरुलाई गम्भीर प्रकृतिका दीर्घ रोगको उपचारको लागि आर्थिक सहयोग गर्ने , पत्रकारहरुको पेशाप्रति सम्मान गर्दै सिर्जनात्मक, रचनात्मक र असल पत्रकारीता गर्नेलाई सम्मान तथा पुरस्कार मार्फत प्रेरणा जगाउने भएको छ ।

त्यस्तै, पत्रकारहरुको हकहितको लागि मागमा अधारित तालिम सञ्चालन गर्ने तथा सार्वजनिक सुशासन कायम गर्न पत्रकार महासंघ जिल्ला शाखा गुल्मीसँग साझेदारी गरेर कार्यक्रम सञ्चालन गर्ने नीति लिएको गाउँपालिकाले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता