नेकपा गुल्मीले मनायो ८ औं पाटी पुनर्गठन दिवस !



मङ्सिर -८ गुल्मी ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटी गुल्मीले बुधबार सदरमुकाम तम्घासमा ८ औं पाटी पुनर्गठन दिवस मनाएको छ ।

सदरमुकाम तम्घासमा उक्त पाटिले चियापान ,दीप प्रज्वलन तथा शुभकामना आदनप्रदान गरी आठौं पुनर्गठन दिवस मनाएको हो ।
दीप प्रज्वलन तथा शुभकामना आदनप्रदान कार्यक्रममा अखिल नेपाल किसान महासङघका केन्द्रिय सदस्य बिनोद पोख्रेल ,युवा सङ्ठनका मिसन पाण्डे , जनपत्रकार सङ्ठन गुल्मीका अध्यक्ष डिबि खड्का ,श्रमिक समुदाय मोर्चाका चन्द्र विक,विद्यार्थी सङ्ठनका राज खड्का , शिभ भुसाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

शुभकामना मन्तव्य राख्दै अतिथिहरुले पाटिको आगामी कार्यदिशा, पाटिले लिएको एकीकृत जनक्रान्तीको नीति , वैज्ञानिक समाजवादका विषेशताको बारेमा जानकारी गराएका थिए ।

साथै माओवादी केन्द्र तथा अन्य दल सङ मिलेर चुनावमा जाने भन्ने कुरा हल्ला मात्र भएको भन्दै कार्यकर्तालाई भ्रममा नपर्न पाटिले आग्रह समेत गरेको छ । कसैको पाटिलाई ठुलो बनाउन चुनाबमा नजाने पाटिको स्पष्ट नीति रहेको नेकपाका नेताले बताए ।

कार्यबाहक जिल्ला सेक्रेटरी भीषणको अध्यक्षयतामा सम्पन्न चियापान तथा दीप प्रज्वलन कार्यक्रममा युवा सङ्ठनका मिसन पाण्डेको स्वागत मतव्य तथा जिल्ला सदय अर्जुन बिसिको सञ्चालनमा सम्पन्न भएको थियो।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता