नमुना मुसिकोट वनाउने सपना छिट्टै पूरा हुन्छ : श्रीराम



बैशाख २२ गुल्मी ।

मुसिकोट नगरपालिकाका उपप्रमुख पदका उम्मेदवार श्रीराम महतले नमुना मुसिकोट नगरपालिका वनाउने आफ्नो योजना छिट्टै पूरा हुने वताएका छन । चुनावी प्रचारप्रसार तथा घरदैलो गर्दै वामी मैदान पुगेर चुनावी कार्यक्रममा आफ्नो प्रतिवद्वता राख्दै उपप्रमुख पदका उम्मेदवार श्रीराम महतले नमुना मुसिकोट वनाउने सपना छिट्टै पूरा हुने वताएका हुन ।

लामो समयदेखि मुसिकोटलाई कसरी नमुना र समृद्ध वनाउन सकिन्छ भनेर देखेको सपना पूरा गर्ने अवसर मुसिकोटका जनताले प्रदान गर्ने महतको दावी रहेको छ । उपप्रमुख पदमा मत माग्दै उनले मुसिकोट नगरवासीहरुको जिवनस्तर कसरी माथि उकास्ने र मुसिकोटलाई नमुना र समृद्ध नगरपालिका वनाउने स्पष्ट खाका आफुसगँ रहेकाले पनि यहाँका जनताले साझा गठबन्धनका उम्मेदवारहरु विजयी हुनेमा कुनै शंका नभएको वताए ।

उनले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा मुसिकोटमा साझा गठबन्धनका उम्मेदवारहरुको विजयीले मुसिकोटका जनताहरुको जिवनस्तर वदलिने वताए । गुल्मेली युवाहरुका ढुकढुकि वढेका नेता महतले निर्वाचनमा प्रमुख पदमा रुख र उपप्रमुखमा आफुलाई कलम चिन्हमा मतदान गर्न अपिल गरे । चुनावी कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय सचिव रामकुमारी झाँक्री,नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारी लगायतका नेताहरू समेतको सहभागीता रहेको थियो ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता