देउसीँ खेलेको रकम अनाथ, अपाङ्ग, दृष्टिविहिन र बृद्धबृद्धालाई



बुटबल । बुटबलको कला, संस्कृति संरक्षण र युवा परिवारले देउसीँ भैलो खेलेको रकम अनाथ, अपाङ्ग, दृष्टिविहीन र बृद्धबृद्धालाई प्रदान गरेको छ । परिवारले सोमबार बुटबलमा एक कार्यक्रमको अयोजना गरी तल्लो फुलवारीमा रहेको सिद्धबाबा दुर्गाभवानी शिवकुमारी शैजु बृद्धाआश्रम, नेपाल अपाङ्ग आश्रम, सुख्खानगरमा रहेको मानव सेवा आश्रम, लुम्बिनी अपाङ्ग दृष्टिविहिन आश्रम र सुस्त मनस्थिति बाल विद्या मन्दिरलाई देउसीँ खेलेको रकमबाट खरिद गरेको विभिन्न दैनिक उपभोग्य किरानाजन्य सामाग्री वितरण गरेको हो । परिवारले पाँचैवटा संस्थाको लागि संस्थाअनुसार चामल, आलु, भुजा, साबुन, चाउचाउ, दाल, बाल्टिन, तेल, कापि, कलम, पेन्सिल, खेलकुदका सामग्री लगायतका ६३ हजार ७०१ रुपैँया बराबरका सामग्री प्रदान गरेको कला, संस्कृति संरक्षण र युवा परिवारका सह-संयोजक शिव खवासले जानकारी दिए । पछिल्लो समय देउसीँ–भैलो खेलेर रकम जम्मा गर्ने र त्यसबाट रमाइलो मात्रै गर्ने परम्परा चलेकोले त्यसलाई अन्त्य गर्नका लागि विभिन्न आश्रमलाई सहयोग गरेको खवासले बताए । कार्यक्रममा परिवारका संयाेजक जीवन पाण्डे, सचिव सुरज पन्थी, सह- सचिव सुनिल सार्कि काेषाध्यक्ष किरण महतरा क्षेत्री, विभागिय प्रमुख खिमराज गिरी, गाेपाल भण्डारी, माधव केसी, अर्जुन पाण्डे, दिपक केसी लगायतका सदस्यहरूकाे पनि उपस्थिति रहेकाे थियाे ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता