दुर्घटना बढ्न थालेपछि गुल्मी ट्राफिकले राख्यो जोखिम स्थानमा सचेतनामुलक होडिङ बोर्ड



माघ -६ गुल्मी 

गुल्मीमा पछिल्लो समय सवारी दुर्घटनाका घटना बढन थाले पछि जिल्ला ट्राफिक कार्यालय गुल्मीले त्यस तर्फ चासो दिएको छ । सवारी दुर्घटना जोखिम न्युनिकरण ,सवारी चालक सह-चालक तथा आम सर्वसाधारणलाई सचेत गराउने उदेश्यका साथ जिल्ला ट्राफिक कार्यालय गुल्मीले अत्याधिक सवारी दुर्घटना हुने र दुर्घटनाको जोखिम रहेका सडक छेउमा ट्राफिक सचेतनामुलक होडिङ बोर्ड राखिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका नविन भण्डारीले जानकारी दिए ।

जिल्लामा धेरै बढी दुर्घटना हुने स्थान तम्घास – रिडि सडक खण्ड अन्तर्गत छत्रकोट गाउँपालिकाको भेडुवा, रेसुङ्गा नगरपालिकाको भगेरी र तम्घास- सिमलटारी सडक खण्ड अन्तर्गत रेसुङा नगरपालिकाको सेउघामा ट्राफिक सचेतनामुलक अंकीत तस्वीर सहितको होडिङ बोर्ड राखिएको छ । होडिङ बोर्डले सवारी दुर्घटना न्यूनीकरणमा कमि ल्याउन सहयोग पुराउने अपेक्षा ट्राफिक प्रहरीको रहेको छ ।

गुल्मीमा पछिल्लो समय सवारी दुर्घटनाका घटना ह्यतै बढेका छन । पछिल्लो दुई महीनामा जिल्लामा सात वटा सवारी दुर्घटना बाट ११ जनाको मृत्यु भएको छ भने दस जना घाइते भएका छन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता