दुग्ध संकलन तथा बिक्री वितरणको सहजताका लागि अर्जैमा कृषि समूहद्वारा डेरी सञ्चालन



७ भदाै, गुल्मी । गुल्मीको मालिका गाउँपालिका ६ अर्जैमा दुग्ध डेरी स्थापन गरिएको छ । गाउँपालिकाको भैँसी प्रवर्द्धन कार्यक्रम अन्तर्गत ३० हजार आर्थिक सहयोगमा सोमबारदेखि कालिका भैँसी पालक समुहले विधिवत रूपमा दुग्ध डेरी सञ्चालन गरेको हो । भैँसी प्रवर्द्धन कार्यक्रमबाट मालिका गाउँपालिकाले वडा नम्बर ६ अर्जैमा मात्रै १७ वटा उन्नत जातका भैँसीमा ५० प्रतिशत अनुदान दिई किसानलाई आँफै खरिद गर्न लगाएको थियो ।

किसानले उत्पादन गरेको दुधको बजारीकरणको ग्यारेन्टी र किसानलाई उत्पादनमा हौसला प्रदान गर्न दुग्ध डेरी सञ्चालन गरिएको वडा अध्यक्ष शोभाखर गिरीले बताए । दुग्ध डेरीको सोमबार गाउँपालिका अध्यक्ष रीत बहादुर थापाले उद्घाटन गरेका हुन् । उदघाट्न गर्दै थापाले किसानलाई व्यवसायिक बन्न आग्रह गर्दै आत्मनिर्भर बन्न आग्रह गरे, ‘कृषिलाई आधुनिकीकरण गर्दै प्रविधिमैत्री ढंगले उत्पादनमा लाग्न किसानलाई सुझाव दिए ।

त्यस्तै, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले काम गर्ने किसानको लागि गाउँपालिका सदैव साथमा रहेको बताउँदै सम्भावना रहेका कृषि क्षेत्रमा लाग्न अनुरोध गरे ।

 

 

अर्जैस्थिति रातिपोखरीमा आयोजित कार्यक्रममा जिल्ला सहकारी संघ गुल्मीका अध्यक्ष शेषकान्त गौतमले भैँसी पालेर दूध बेच्ने प्रणालीको विकास गरे आय आर्जनमा वृद्धि हुने बताउँदै सबै किसानलाई त्यसमा लाग्न आग्रह गरे ।

त्यसैगरी, कार्यक्रमका विशेष अतिथि तथा त्यस वडाका वडा अध्यक्ष शोभाखर गिरीले वर्षौ पहिलेदेखि कृषि गरेता पनि परम्परागत शैलीबाट गरिँदै आएको कृषिलाई व्यवसायीकरण बनाउन सके मात्र कृषकको समृद्धि हुने बताउँदै व्यवसायी किसान बन्न आग्रह गरे । अनुदानमा भैँसी र गाउँपालिकाले दुग्ध डेरी सञ्चालन गरिदिए पछि किसान पनि हर्षित भएका छन् ।

कार्यक्रम समाजसेवी शेर बहादुर केसीको स्वागत मन्तव्य, कालिका भैँसी पालक कृषि समुहका अध्यक्ष खिम अर्यालको अध्यक्षता र सञ्चालन समुहका सचिव ओम प्रकाश अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता