दलित मुक्ति मोर्चा गुल्मी द्धारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र !



असार २० गुल्मी ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीको भातृ संगठन दलित मुक्ति मोर्चा गुल्मीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । आईतबार गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी नारायण भण्डारी मार्फत ज्ञापन पत्र बुझाएको हो ।
असार १ गते सञ्चारकर्मी तथा जात व्यवस्था उन्मुख मोर्चा नेपालकी केन्द्रिय सदस्य रुपा सुनारले कोठा खोज्न जाँदा गरिएको जातिय विभेद तथा छुवाछुतको ज्यादतीपुर्ण घटना र सो घटनाका दोषी घरभेटी सरस्वती प्रधानलाई कानुनी कारवाहीको माग गर्दै मोर्चाले ज्ञापन पत्र बुझाएको हो ।

दलित  मुक्ति मोर्चा गुल्मीका अध्यक्ष बसन्त नेपालीले हस्ताक्षर गरेको ज्ञापन पत्रमा भनिएको छ । “कानुनी रुपमा अगाडी बढेको केशलाई असार ९ गते शिक्षा तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पद र शक्तीको दुरुपयोग गदै अपराधीलाई थुना मुक्त गराई आफ्नै गाडीमा राखेर निवास सम्म पुराउनु अस्वभावीक , अनैतीक र मर्यादा विपरित कार्य हो । यसले आम दलित समुदायलाई अपमानि तथा पीडितलाई न्याय पाउन बाट बञ्चीत गराउनु र पीडकलाई संरक्षण गरेको “ ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
साथै घरभेटी सरस्वती प्रधान तथा शिक्षा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई पद मुक्त गरी कारबाही गर्न लगायतका माग समेत मोर्चाले गरेको छ ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता