तीन बजे पछि पसल खोल्ने र पसलमा जानेलाई गुल्मी प्रहरीलको एक घण्टे प्रशिक्षण !



भदौ- ४ गुल्मी ।

गुल्मीमा तीन बजे पछि पसल सञ्चालन गर्ने र पसलमा जाने ग्राहकलाई प्रहरीले नियन्त्रणमा लिई कार्यालयमै लगेर एक घण्टा प्रशिक्षण दिन सुरु गरेको छ ।
नागरीकलाई सम्झाउदा बुझाउदाँ नटेडेपछि बाध्य भएर एक घण्टा प्रशिक्षण दिन थालिएको प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले जानकारी दिईन ।

जिल्लामा जारी निषेधाज्ञालाई प्रभावकारी बनाउन र कोभिड १९ नियन्त्रणको लागी प्रशासनले थप कदम चाल्न सक्ने प्रमुख जिल्ला अधिकारी शर्माले उल्लेख गरिन ।

भदौ २ गते देखी थालिएको एक घण्टे प्रशिक्षण बाट अहिले सम्म पसल सञ्चालन गर्ने र पसलमा सेवा लिन आउने १२ जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीको कार्यालमै लगेर सम्झाई बुझाई गरि छाडीएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी (डिएसपी) पुरुषत्तम पाण्डेले जानकारी दिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता