तम्घास सिमलटारी सडक खण्डको अर्जै खोलामा पक्की पुल बन्दै !



बैशाख ९ गुल्मी ।

मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने तम्घास सिमलटारी सडक खण्डको अर्जै खोलामा पक्की पुलको निर्माण कार्य सुरु गरिएको छ । केन्द्रिय सरकारको भ्याट बाहेक दुई करोड ९१ लाख आर्थिक सहयोगमा निर्माण कार्य सुरु भएको अर्जैका वडा अध्यक्ष शोभाखर गिरीले बताए ।

दुई वर्ष भित्र सक्ने गरी एक वर्ष अघि पन्थ निर्माण सेवा सङ सम्झौता भए पनि उक्त निर्माण कम्पनीले ढिलो गरि काम सुरु गरेको छ । यधपी समयमै अर्थात अबको एक वर्ष भित्र काम सक्ने प्रतिबद्धता निर्माण कम्पनीले व्यक्त गरेको छ । २९ मिटर लम्बाई र ९ मिटर चौडाई रहेको पुलले मालिका गाउँपालिकाको ६ अर्जै र इस्मा गाउँपालिकाको ७ अमरपुरलाई जोड्ने छ । पुल निर्माण कार्यले गति लिए संगै अर्जै तथा त्यस क्षेत्रका नागरिक खुसी भएका छन ।

सिमलटारी सम्म सडक पक्की भए पनि खोलामा पक्की पुल नहुदा यस क्षेत्रका यात्रुहरुले सास्ती खेप्दै आएका थिए । तम्घास सिमलटारी सडक खण्डमा अर्जै खोलामा बाहेक अन्य तीन स्थानमा अझै पनि पक्की पुल छैनन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता