तम्घासस्थान सामुदायिक वनको छैठौ वार्षिक साधारण सभा सम्पन्न



गोकर्ण पाण्डे चैत १९ गुल्मी ।

तम्घासस्थान सामुदायिक वनको एक कार्यक्रमका विच छैठाै औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रमुख अतिथ्यता संस्थाका अध्यक्ष गाेपाल प्रसाद पाण्डेको अध्यक्षतामा उक्त कार्यक्रकाे आयाेजना गरिएको थियाे।भने डिभिजन वन कार्यालय गुल्मीका प्रभात सपकाेटाकाे प्रमुख आतिथीका रुपमा रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै सपकाेटाले वन र वातावरण हरेक व्यक्तिको लागि उपयोगी भएकाले यसलाई हराभरा बनाउनको लागि र उपभोक्ताहरुले नै यसको उपयोग गर्न पाउनुपर्ने बताउदैँ तम्घासस्थान सामुदायिक वनलाई सहयोग आवश्यक परेको बेला आफुले हरेक क्षेत्रबाट हेर्ने बताउनुभएको थियो । सपकाेटाले वनबाट अक्सिजन जस्तो महत्वपुर्ण पक्ष, आवश्यक काठ, जडिबुटि, घाँस दाउरा उत्पादन गरि आय आर्जनमा बृद्धि हुने हुँदा वनको संरक्षणका लागि पदाधिकारीहरु तथा उपभोक्ता सबैको भुमिका महत्वपुर्ण रहने बताए ।

 

यस्तै कार्यक्रममा तम्घासस्थान सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष गाेपाल प्रसाद पाण्डेले आर्थिक वर्ष २०७७र०७८ को लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । २०७३ साल देखि स्थापना भएको यस श्री तम्घासस्थान सामुदायिक वन उपभोक्ता समुहले रेसुङ्गा नगरपालिका वडा नं ७ र ९ का गरि ५ सय १२ जना सदस्यता संख्या बनाउन सफल भएको उल्लेख गर्नुभएको थियो ।

कार्यक्रममा बार्षिक प्रतिवेदन समुहकी सचिव सावित्रा पाण्डेले प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष तेज प्रसाद गैरेले आर्थिक प्रतिवेदन सुनाउनु भएको थियो । कार्यक्रममा डिभिजन वन कार्यालय गुल्मीका सहायक अधिकृत पकज कुमार ठाकुर, पशु सेवा कार्यालय गुल्मीका डिल्लीराज मरासिनी, वन कार्यालयका गुल्मीका घनश्याम आचार्य अर्खखाेला खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष कृष्ण प्रसाद पाण्डे,वनकी पुर्ब अध्यक्ष माया गैरे र ७,९ का उपभोक्ता हरुकाे उपस्थित रहेकाे थियाे। कार्यक्रमको सहजीकरण तम्घासस्थान सामुदायिक वन कोषाध्यक्ष तेज प्रसाद गैरेले गर्नु भएको थियाे।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता