डाटा डिजिटाइजेसन सम्बन्धि इस्मा गाउँपालिका जनप्रतिनिधि र कर्मचारीलाई प्रशिक्षण



माघ ७ ।
गुल्मीको इस्मा गाउँपालिकामा डाटा डिजिटाइजेसन सम्बन्धि दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्रशिक्षणमा जनप्रतिनिधि र कर्मचारीलाई ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणाली बारे जानकारी प्रदान गरिएको हो ।
दुइ दिन सम्म चलेको प्रशिक्षण कार्यक्रममा व्यक्तिगत घटना दर्ता सम्बन्धि कानुनी व्यवस्था , महत्त्व ,अन्लाईन दर्ता गर्दा हुने फाईदा व्यक्तिगत घटना प्रकार ,सुचक सम्बन्धि व्यवस्था , घटना विवरण शंशोधन , प्रतिलिपी जारी, शुल्क सम्बन्धि प्रावधान र डिजिटाईजेसनका फाइदा बारे जानकारी प्रदान गरिएको छ । तालीममा वडा अध्यक्ष ,सचीव तथा सेवाप्रदायक संस्थाका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो । भने प्रशिक्षणको सहजीकरण इस्मा गाउँपालिकाका पञ्जिकरण शाखाका प्रमुख अपरेटर बलराम खनालले गरे ।

पञ्जिकरणका सबै कार्यहरू अन्लाईन प्रणाली बाटा सुरु भए पछि ति सबै विवरणमा सत्यता सङै एकरुपता आउने गाउँपालिकाका उपाध्यक्ष बिमला खत्रीले बताइन । साथै ढड्डामा लेख्ने प्रचलनका कारण विश्वसनीय कम हुदै गएको अबस्थामामा अन्लाईन प्रणालीले त्यसमा सुधार ल्याउने उपाध्यक्ष खत्रीले उल्लेख गरिन । गाउँपालिकाले आफ्ना सबै गतिविधि फागुन देखी अन्लाईन प्रणाली बाट सुरु गर्ने जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता