डडेल्धुराको आलिताल गाउँपालिका अध्यक्षको अपहरण गरी निर्घात कुटपिट खुट्टा भाँचियो



प्रकाश विसी,१७ माघ,डडेल्धुरा ।
नेकपाका नेता तथा  आलिताल गाउँपालि कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अज्ञात समूहले अपहरण गरी निर्घात कुटपिट गरेको छ।
शुक्रबार १२ बजेपछिको समयमा उनलाई अज्ञात समूहले अपहरण गरी कुटपिट गरेको हो। आलिताल गाउँपालिका वडा नं. ३ को वडा बैठकमा सहभागि हुनका लागि बैठक स्थल तर्फ जानेक्रममा उनलाई अपहरण गरी कुटपिट गरेको प्रहरीले जनाएको छ।
आलिताल तालभन्दा करिब पाँच सय मिटर माथि चौर वण्डले भन्ने स्थानमा मुकुण्डो धारी समूहले जोशीमाथि अपहरण र कुटपिट गरी गम्भीर घाइते बनाएको आलिताल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक९असइ० कमलप्रसाद जोशीले जानकारी दिए। अज्ञात समूहको कुटपिटबाट जोशी गम्भीर घाइते भएका छन्। उनको खुट्टा भाँचिएको छ भने टाउको र हातमा गम्भीर चोट लागेको छ। उनलाई एम्बुलेन्समार्फत धनगढी लगिएको छ। जोशी सवार से ६ प ७९२६ नम्बरको मोटर साइकलमा पनि तोडफोडा गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मोटरसाइकमा आगजनीको समेत प्रयास गरिएको छ।
जोशीसँगै मोटरसाइकमा सवार नेकपा आलिताल गाउँपालिका कमिटी सदस्य चित्रा बोहरा भागेर अपहरण र कुटपिटबाट जोगिएकी छन्। प्रहरीले मुकुण्डो धारी समूहको खोजीकार्य तीव्र पारेको छ। भित्रीमधेस क्षेत्र सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको प्रभाव क्षेत्रका रूपमा पनि लिइन्छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० डडेल्धुराको उक्त घटनाको घोर भत्र्सना गरेको छ। घटना लगत्तै एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको घोर भत्र्सना गरेको हो। आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अपहरण र कुटपिट गरी गम्भीर घाइते बनाएको घटनाले पार्टीको गम्भीर ध्यानार्कषण भएको नेकपा डडेल्धुराले जनाएको छ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता