जिसीलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवार अर्यालले फिर्ता लिए उम्मेदवारी



हुमाकान्त पोखरेल÷
गुल्मी, २६ असोज । गुल्मीमा गठबन्धनका उम्मेदवारलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट उम्मेदवारी दिएका नरेन्द्र बहादुर अर्यालले बुधबार निर्वाचन अधिकृतको कार्यालयमै पुगेर उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत शिव बहादुर थापाले जानकारी दिए । ०४६ सालदेखि नेपाली काँग्रेसमा आवद्ध अर्याल हाल नेपाली काँग्रस निकट गुल्मी काठमाडौ सम्पर्क मञ्चको सचिव छन् । संविधान रक्षाका लागि बनेको पाँच दलीय गठबन्धन र गठबन्धनको तर्फबाट आफ्नो क्षेत्रका उम्मेदवार बुद्धि जिसीलाई जिताउनका लागि आफुले उम्मेदवारी फिर्ता लिएको अर्यालले बताए । अर्यालको उम्मेदवारी फिर्ता गराउनका लागि जिसी र अर्याल सँगै निर्वाचन कार्यालयमा पुगेका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता