छत्रकोट र रुरुक्षेत्र जोड्ने ट्रस्टपुलको उद्घाटन !



दीपा पन्थ -असार ९ गुल्मी ।

छत्रकोट र रुरुक्षेत्र गाउँपालिका जोड्ने मौलापुर लोलांग ट्रसपुल समुद्घाटन समारोह छत्रकोट ४ दिगाम गुल्मीमा सम्पन्न भएको छ ।

मौलापुर लोलांग ट्रसपुल उपभोक्ता समिति छत्रकोट गाउँपालिका ४ र रुरुक्षेत्र गाउँपालिका ३ गुल्मीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

दुई गाउँपालिकाको सिमाना रहेको बैसादी खोलामा बनेको पुलको लम्बाई २८ मिटर रहेको छ । कुल २८ लाख ७५ हजार ९८६ रुपैयाँको लागतमा सम्पन्न भएको उक्त पुल छत्रकोट गाउँपालिकाको ३ लाख ७३ हजार ८७८ रुपैयाँ, समुदायको श्रमदान ५७ हजार ५२० रुपैयाँ र क्षेत्रगत कार्यक्रम २४ लाख ४४ हजार ५८८ रुपैयाँ रहेको छ ।

ट्रसपुल उपभोक्ता समितिका अध्यक्ष चिन्तामणी पन्थको अध्यक्षता रहेको कार्यक्रममा छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेको प्रमूख आतिथ्यता रहेको थियो । त्यस्तै बिशेष अतिथि रुरु क्षेत्र गाउँपालिका ५ का वडा अध्यक्ष शेषनारायण पौडेल अतिथी छत्रकोट गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवाली, प्रमूख प्रसासकिय अधिकृत कृष्ण प्रसाद पन्थी, वडा नं।४ अध्यक्षका गुणाखर ज्ञवाली,वडा नंं। ६ का अध्यक्ष नारायण रेश्मी, वडा नं ४ का वडा सदस्य केशवराज कंडेल,पत्रकार युगराज बस्याल अमर पन्थ लगायतको उपस्थिती रहेको थियो ।

सव ईन्जिनियर डिल्लीराज खनालले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रममा जग्गादात्ता पुल निर्माणका प्राबिधिकहरु र अन्य सहयोगदात्ताहरुलाई सम्मान गरीएको थियो । कार्यक्रममा बोल्दै प्रमूख अतिथी पाण्डेले यस पुलको निर्माणले दुई गाउँपालिकालाई जोड्ने र मानिसलाई खोला तर्दा ज्यान जोखिममा पार्नु पर्ने बाध्यता टरेको बताउनुभयो । महिलाहरु घरमाईत तथा अन्य व्यक्तिहरुलाई घाँसदाउरा गर्नपनि सजिलो भएको बताउनुभयो । कार्यक्रमको संचालन यम बहादुर नेपालिले गनुभएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता