छत्रकोट गाउँपालिका -४ दिगाममा दुई वटा सामुदायिक स्वास्थ्य इकाई भवनको उद्धघाटन



माघ -८ गुल्मी ।

गुल्मीको छत्रकोट गाउँपालिका चार दिगाममा शुक्रबार दुई वटा सामुदायिक स्वास्थ्य इकाई भवनको उद्धघाटन गरिएको छ । दिगामको बोहा सामुदायिक स्वास्थ्य इकाई र बोखर सामुदायिक स्वास्थ्य इकाई भवनको गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले एक कार्यक्रमका बिच उद्धाटन गरेका हुन । उद्धघाटन गर्दै अध्यक्ष पन्तले सामुदायिक स्वास्थ्य इकाई प्रारम्भीक अस्पताल भएका कारण सबै दिगाम बासीलाई सेवा लिन आग्रह गरेका छन् ।

दिगामको जनसंख्या धेरै र ठुलो भुगोल भएका कारण दुई वटा सामुदायिक स्वास्थ्य इकाईको स्थापना गरी सेवा सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।
वडाका जनतालाई सहज र सर्वसुलभ ढंगले स्वास्थ्य सेवा प्रवाह गर्ने उदेश्यले १७ लाखको लगानीमा सामुदायिक स्वास्थ्य इकाई भवनको निमार्ण गरिएको गाउँपालिकाका उपाध्यक्ष नर्मदा भण्डारीले बताईन । त्यस्तै आफ्नै भवनवाट सामुदायिक स्वास्थ्य इकाईले सेवा प्रवाह गर्दा सेवा प्रवाह चुस्त ,दुरुस्त,सरल,सहज प्रभावकारी हुने गाउॅपालिकाले विश्वास लिएको उपाध्यक्ष भण्डारीले उल्लेख गरिन ।

साथै दुई वटै सामुदायिक स्वास्थ्य इकाईमा एक जना  अहेव , एक जना अनमी र एक जना कार्यालय सहयोगी नियुत्ती गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक सपना टण्डनले बताईन ।

कार्यक्रममा वडा नम्वर ४ का अध्यक्ष डिलाराम न्यौपाने, गाउँपालिकाका कर्मचारी अधिकृत पुण्य प्रसाद पौडेल, गाउॅकार्यपालिका सदस्य रुनमायॉ सिंजाली ,वडा सदस्यहरु सावित्रा विक,यम वहादुर नेपाली,चुण्ड प्रसाद कंडेल ,स्थानीय राजनितिक दलका प्रतिनिधि,वुद्धिजीवि सहित विभिन्न समाज सेवी व्यक्तित्वहरुको विशेष उपस्थिति रहेको थियो।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता