चिदीचौर र सार्वजानिक शौचालय प्रती रेसुंगा नगरपालिका आठको चासो



पुष २२ गुल्मी ।
गुल्मीको सदरमुकाम तम्घासको मुटु मानिने चिदीचौर र सोही चौरको छेउमा रहेको सार्वजानिक शौचालय संरक्षण प्रती रेसुंगा नगरपालका आठले चासो देखाएको छ ।
पछिल्लो समय चिदीचौरमा जथावावी फोहोर फाल्ने र सार्वजनिक शैचालयको दुरुपयोग बढ्दै जान थाले पछि त्यस प्रती आफुहरुको ध्यान केन्द्रती भएको वडा अध्यक्ष भरत भलामीले जानकारी दिए ।
खेलमैदानको रुपमा रहेको चिदीचौरमा जथावावी पार्किङ्ग गर्ने सवारी साधन सिक्ने र सिकाउने प्रविृती बढ्को बताउदै वडाले जथावावी पार्किङ्गलाई समेत निषेध गरेको छ ।
रेसुंगा युथ क्लव बाट नेतृत्व गदै क्लवका विनोद आलेको अध्यक्षतमा नौ सदस्ययी चिदीचौर संरक्षण समिति समेत गठन गरेको छ ।
समितिले जथावावी फोहोर फाल्ने र पार्किङ्ग गर्नेलाई कारवाही गर्ने र चिदीचौर खेलमैदान संगै सार्वजानिक शौचलायकोे संरक्षण गर्ने छ ।
साथै रेसुंगा नगरपालिका आठले “कृपया यस चिदीचौर हाताभित्र सवारी साधन सिक्न सिकाउन र पार्किङ्ग निषेध गरिएको छ ” नामक बोर्ड पनि सौजन्य गरेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता