घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु !

मुक्ति न्यौपाने पाल्पा, माघ २६ ।
आइतबार बिहान घास काट्ने क्रममा रुखबाट लडेर पाल्पामा एक जनाको मृत्यु भएको छ । घर नजिकैको रुखवाट लडेर तिनाउँ गाउँपालिका ३, चौकीभञ्याङ्गका ३८ बर्षिय टंक बहादुर दर्लामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आईतबार बिहान पौने नौ बजे घाँस काट्न रुख चढेका दर्लामीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ ।