गुल्मेली समाज जापानद्धारा ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ घोषणा !



सन्तोष महतारा
गुल्मी, ३ बैशाख ÷

गुल्मेली समाज जापानले ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ घोषणा गरेको छ । समाजले गुल्मी जिल्लामा रहेर क्रियाशिल भई पत्रकारिता गर्ने एक जनालाई वार्षिक २५ हजार राशिको ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ घोषणा गरेको हो ।

गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारी, सल्लाहकार गोविन्द रिजाल र समाजसेवी अशोक अधिकारी गुल्मीमा आएको अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले आयोजना गरेको सम्मान कार्यक्रममा समाजको तर्फबाट १ लाख रुपैयाँ आर्थिक सहयोग र प्रत्येक वर्ष ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ मार्फत २५ हजार दिने निर्णय भएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्यालले जानकारी दिए । ‘महासंघको संस्थागत विकासका लागि समाजको तर्फबाट १ लाख र उत्कृष्ट पत्रकारिता गर्ने १ जना पत्रकारलाई वार्षिक २५ हजार पुरस्कार दिने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।’ अध्यक्ष अर्यालले भने, “समाजको तर्फबाट भएको सहयोगले गुल्मीको पत्रकारितामा उर्जा थपेको छ ।” जसका लागि गुल्मेली समाज जापानको तर्फबाट अध्यक्ष महेन्द्र कुमार अधिकारी र सल्लाहकार गोविन्द रिजाल तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको तर्फबाट अध्यक्ष टोपलाल अर्याल, उपाध्यक्ष रेशम कुँवर र सिता भण्डारीबीच प्रतिबद्धतासहित सम्झौता भएको छ ।

कार्यक्रममा गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारीले पत्रकारहरु मार्फत सूचना र समाचारको माध्यमले जन्मभूमिको अवस्थाबारे जानकारी हुने भन्दै पत्रकारहरुको प्रशंसा गरेका थिए । उनले पत्रकारिता क्षेत्रमा पत्रकारहरुको उर्जाका लागि र पत्रकारहरुले सामाजिक कार्यमा गरेको योगदानको मुल्याङ्कन गर्दै आर्थिक सहयोग गरेको बताए । समाजको तर्फबाट भएको १ लाख आर्थिकबाट संस्थागत विकासमा काम गर्न आग्रह गर्दै अध्यक्ष अधिकारी पत्रकारहरुलाई थप क्रियाशिल बनाउन वार्षिक रुपमा २५ हजार रुपैयाँ राशिको ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ दिएको बताए ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले यसअघि कोरोना महामारीको समयमा अक्सिजन प्लान्ट निर्माणका लागि संचालन गरिएको अभियानसँग गुल्मेली समाज जापानले हातेमालो गरेर सहयोग गरेको भन्दै समाजका अध्यक्ष लगायतलाई सम्मान कार्यक्रम आयोजना गरेको थियो । सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्यालको अध्यक्षता, उपाध्यक्ष रेशम कुँवरको स्वागत मनतव्य र कार्यसमिति सदस्य हुमाकान्त पोखरलले संचालन रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता