गुल्मेली समाज जापानद्धारा आशा अपांग केन्द्रलाई सहयोग !



सन्तोष महतारा
गुल्मी, ३ बैशाख ÷

गुल्मेली समाज जापानले आशा अपांग केन्द्र गुल्मीलाई आर्थिक सहयोग गरेको छ । शनिबार गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारीले समाजको तर्फबाट आशा अपांग केन्द्रलाई आर्थिक सहयोग गरेका हुन् ।

गुल्मेली समाज जापानका अध्यक्ष अधिकारी, सल्लाहकार गोविन्द रिजाल र समाजसेवी अशोक अधिकारी गुल्मीमा आएको अवसरमा आशा अपांग केन्द्रले आयोजना गरेको सम्मान तथा मायाको चिनो प्रदान गर्ने कार्यक्रममा समाजको तर्फबाट ८५ हजार रुपैयाँ आर्थिक सहयोग भएको केन्द्रका अध्यक्ष जनार्दन घिमिरेले जानकारी दिए । कार्यक्रममा फरक क्षमता भएकाहरुको सहजताका लागि कपडा धुने मेसिन आवश्यक परेको केन्द्रले बताएपछि गुल्मेली समाज जापानको तर्फबाट ८५ हजार रुपैयाँ बराबरको मेसिन किन्नको लागि आर्थिक सहयोग गरिएको हो ।

कार्यक्रममा गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारीले आशा अपांग केन्द्रले फरक क्षमता भएकाहरुको क्षेत्रमा उल्लेखनीय काम गरेको बताए । समाजको तर्फबाट सदैब सहयोग हुने प्रतिबद्धता जनाउँदै अध्यक्ष अधिकारीले केहि सहयोग गर्न परेमा तुरुन्त खबर गर्न आग्रह गरे । उनले बिदेशमा बस्ने आफु जस्ता थुप्रै गुल्मेलीहरुको समन्वयमा जिल्लामा निरन्तर सहयोग गरिरहेको र आगामी दिनमा पनि निरन्तर सहयोग गरिरहने बताएका थिए ।

आशा अपांग केन्द्रकी उपाध्यक्ष गंगा रायमाझीले केन्द्रले गरिरहेका कामबारे जानकारी गराएकी थिइन् । संस्थाको तर्फबाट स्वागत गर्दै रायमाझीले विभिन्न क्षेत्रबाट केन्द्रलाई सहयोग भइरहेकोले गुल्मेली समाज जापानले पनि निरन्तर सहयोग गर्ने अपेक्षा रहेको बताइन् । कार्यक्रमको सहजीकरण केन्द्रका लेखा अधिकृत सुरेश श्रेष्ठले गरेका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता