गुल्मी महोत्सवका दर्शक र सम्पत्तिको बीमा हुने



हुमाकान्त पोखरेल

गुल्मी, २६ चैत । चौथो गुल्मी महोत्सवमा उपस्थित हुने सबै सहभागी र सम्पत्तिको बीमा हुने भएको छ । आयोजक गुल्मी उद्योग वाणिज्य संघले निर्जीवन बीमा कम्पनी नेको इन्स्योरेन्स लिमिटेडमा महोत्सवमा सहभागी एवम् सम्पत्तिको बीमा गर्ने भएको हो । सहभागि हुने अतिथी, कलाकार तथा दर्शकको सामुहिक दुर्घटनाबीमा तथा महोत्सवका लागि निर्माण भएको मञ्च, स्टल तथा सम्पूर्ण सम्पत्तिको बीमा नेको इन्स्योरेन्समा गरिएको हो ।
सदरमुकाम तम्घासमा चैत्र २५ गतेदेखि बैशाख ४ गतेसम्म चौथो गुल्मी महोत्सव संचालन हुदै छ । महोत्सवमा ८० हजार दर्शक, एक सय भन्दा धेरै जना अतिथी तथा सयभन्दा बढी कलाकार सहभागी हुने आयोजकले जनाएको छ । त्यस्तै महोत्सवमा २३५ स्टल रहेको बाणिज्य संघका अध्यक्ष इश्वरी प्रसाद पौडेलले जानकारी दिए ।
ति सबैको सुरक्षाको लागि देशको निर्जिबन बीमा बजारमा २६ बर्ष देखी सेवा दिदै आएको नेको इन्स्योरेन्स लिमिटेड गुल्मी उपशाखा कार्यालयबाट प्रति व्यक्ति १ लाख सम्मको दुर्घटना उपचार बीमा, ५ लाख सम्मको दुर्घटना मृत्यु बीमा र एक करोडको सम्पत्ति बीमा जोखिम बहन गरिएको छ ।
नेको इन्स्योरेन्स लिमिटेडले समाज प्रति आफ्नो उत्तरदायित्व महसुश गर्दे समाजका विभिन्न क्षेत्रमा सहयोग समेत गर्दे आएको छ । स्मरण रहोस नेको इन्स्योरेन्स लिमिटेडले दावीलाई बिशेष प्रथामिकताका साथ हेर्ने गरेको छ । आफ्ना ग्रहाकहरुले आवश्यक कागजात पेश गरेको एक हप्ता भित्रमै दाबी भुक्तानी गरेको कम्पनीका कम्पनीका गुल्मी शाखा प्रमुख भरत चन्दले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता