गुल्मी चेम्बर अफ कमर्सको अध्यक्षमा पाण्डे सर्वसम्मत निर्वाचित !



फागुन १३ गुल्मी ।

गुल्मी चेम्बर अफ कमर्सको अध्यक्षयमा दुर्गा पाण्डे सर्वसम्मत निर्वाचित भएका छन । शनिबार देखि सुरु भएको गुल्मी चेम्बर अफ कमर्सको तेस्रो साधारण सभा तथा दोस्रो जिल्ला अधिवेशन बाट पाण्डे सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन ।
दोस्रो जिल्ला अधिवेशनले आगामी ३ वर्षको लागि पाण्डेको नेतृत्वमा १८ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ ।

जसको बरिस्ठ उपाध्यक्षमा बिरेन्द्र भुसाल,अर्का उपाध्यक्षमा रेमलाल पाण्डे र सीता विश्वकर्मा निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा यज्ञ प्रसाद शर्मा पन्थी ,सचीवमा सुर्य घिमिरे ,प्रेम घिमिरे ,हरि कृष्ण कडेल निर्वाचित भएका छन । त्यस्तै कोषाध्यक्षमा युवराज पाण्डे र सह कोषाध्यक्षमा कमल अर्याल निर्वाचित भएको निवर्तमान महासचिव कृष्ण भण्डारीले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्ष पाण्डेले जिल्लामा रहेका उद्योगी व्यवसायीको हक हितको लागि स्थापना भएका सबै संघ सस्था सङ मिलेर काम गर्ने बताए ।
बैंकले ब्याजदर वृद्धि गरेको भन्दै राष्ट्र बैंकको विरुद्ध ज्ञापनपत्र बुझाउने र सरकारको ध्यानाकर्षण गराउने जस्ता काम आफ्नो सुरुवाती प्राथमिकता रहेको उनले उल्लेख गरे ।

साथै गुल्मी चेम्बर अफ कमर्सले आगामी चैत २७ गते देखि बैशाख ४ गते सम्म दोस्रो गुल्मी महोत्सव आयोजना गर्ने गरि तयारी समेत थालेको जानकारी दिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता