गुल्मी क्षेत्र नम्बर-२ को संयोजकमा युवा नेता अर्याल चयन !



डिबी खड्का साउन ३१ गुल्मी ।

नेकपा माओवादी केन्द्र गुल्मीले २ नम्बर निर्वाचन क्षेत्रको संयोजकमा युवा नेता देवीराम अर्याललाई चयन गरेको छ । नेकपा माओवादी केन्द्र गुल्मीको पहिलो पुर्ण बैठकले क्षेत्र नम्बर दुईको जिम्मेवारी अर्याललाई प्रदान गरिएको जिल्ला संयोजक बुद्धि जिसिले जानकारी दिए ।
अर्यालको पाटी प्रतिको योगदान ,इमान्दारीता साथै व्यवस्था बदल्न दिएको योगदानको उच्च कदर गर्दै पाटीले सर्वसम्मत २ नम्बर क्षेत्रको जिम्मेवारी दिने निर्णय गरेको जिसिले उल्लेख गरे । साथै आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा पाटी र गठबन्धनलाई जिताउन देवीराम अर्यालको विशेष भुमिका रहने र त्यो भुमिका अर्यालले पूरा गर्नेमा आफू विश्वस्त रहेको जिल्ला संयोजक जिसिको भनाई रहेको छ ।
गुल्मी २ नम्बर क्षेत्रको जिम्मेवारी पाएका देवीराम अर्याल मालिका गाउँपालिकाका अध्यक्ष हुन भने केही दिन अघि मात्रै नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्यमा मनोनीत समेत भएका छन ।
युवा तथा प्रभावशाली नेताका रुपमा परिचित अर्याल माओवादी जनयुद्धकालमा पुर्ण कालिन कार्यकर्ता भएर संगठन तथा सैन्य क्षेत्रमा काम गरेका नेता हुन ।
साथै पाटिले दिएको जिम्मेवारी पूरा गर्ने र गुल्मी २ मा माओवादीको बलियो संगठन बनाउने अर्यालले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता