गुल्मीमा सड्कमै सचेतना दिँदै ट्राफिक प्रहरी



अनिल खत्री ३० फागुन, गुल्मी ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले सडकमै चालक, सहचालक र यात्रुहरुलाई प्रर्शिक्षण दिने गरेको छ । बढ्दो दुर्घटना न्यूनिकरण गर्न भन्दै प्रहरीले सडकमै चालक, सहचालक, यात्रु र विद्यार्थीहरुलाई राखेर प्रर्शिक्षण कार्यक्रम सुरु गरेको जिल्ला ट्रार्फिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक कृष्णप्रसाद आचार्यले बताउनु भयो ।
ट्राफिक प्रहरी जिल्लाको रुरुक्षेत्र, सत्यवती, इस्मा, रेसुङ्गा, मुसिकोट नगरपालिकाका बिभिन्न मुख्य राजमार्गहरुमा चालक, सहचालक, यात्रु तथा स्थानीय र विद्यार्थीहरुलाई राखेर ट्राफिक नियम, दुर्घटना न्यूनिकरण सम्बन्धी जनचेतना मुलक प्रस्तुती दिने गरेका छन् । सडकमै राखेर दूर्घटना हुने बिशेष अबस्थाहरुसँगै सहि तरिकाले सवारी साधानलाई चलाउनु पर्ने जस्ता बिषयमा प्रर्शिक्षण दिँदा प्रभावकारी हुने हुँदा अभियान चालिएको आचार्यले बताउनु भयो ।
ट्राफिक प्रहरीले प्रर्शिक्षणमा सवारी साधनले सिट क्षमता भन्दा वढी सवारी राख्ने, ओभर लोड बोक्ने, तिब्र गतीमा सवारी चलाउने प्रति लक्षित गरि ट्राफिक प्रहरीले सचेतना दिने गरेका छन् । सवारी नियम बिपरित चल्ने सवारी साधन र ओभरटेक गर्दा अपनाउनु पर्ने सहि तरिकाको बारेमा चालक सहचालक यात्रुहरुलाई सड्कमै सचेतना कक्ष निरन्तर जिल्ला भर जारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका हवल्दार नवीन भण्डारीले बताउनु भयो ।
सवारी साधानलाई तरिकाको ओभरटेक बिधिमा साइड दिन मिल्ने उपर्युक्त स्थानमा गाडिको गति कम गरेर अगाडिको गाडिले बायाँ साइड को इन्डिकेटर बालेरले पनि जानसक्ने इशारा दिने जस्ता बिषयमा प्रर्शिक्षण दिने गरिएको हो । दुर्घटना न्यूनिकरणमा सडक प्रर्शिक्षणले महत्वपूर्ण भूमिका रहेकाले निरन्तर कक्षाहरु चलाइ रहने जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता