गुल्मीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु



अनिल खत्री
५ वैशाख, गुल्मी । गुल्मी जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमै पुगेर संकलन गरिएका मध्ये प्रशासन कार्यालयमा संकलन भएका राष्ट्रिय परिचयत्रको वितरण कार्यसुरु भएको हो ।
गुल्मी जिल्लामा राष्ट्रिय परिचयपत्र दर्ता संकलन २०७६ साल साउन ८ गतेबाट सुरु गरिएको थियो । संकलित विवरण अनुसार जिल्ला प्रशासन कार्यालय गुल्मीबाट सर्वसाधारणको लागि राष्ट्रिय परिचयपत्र वितरण काय सुरु भएको हो ।
जिल्लामा २०७७ माघ १० गते तत्कालिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई राष्ट्रिय परिचयपत्र दिएर वितरण सुरु गरिएको थियो । तर सर्वसाधारणको लागि भने वितरण कार्य गर्न सकिएको थिएन ।
विवरण दर्ता गराएको झण्डै ४ वर्ष पछि मात्रै सर्वसाधरणले राष्ट्रिय परिचयपत्र पाउन थालेका हुन् । सर्वसाधारणले पहिलोपटक डिजिटल प्रबिधिको परिचयपत्र पाएपछि स्थानीय खुसी छन् ।
परिचयपत्र पाउनेहरु यसको प्रयोग सबै ठाउँमा हुनुपर्ने परिचयपत्र लिन आउनु भएका रञ्जना अर्यालले बताउनुभयो । यो परिचयपत्र बहुउपयोगि भएकाले निकै महत्वपूर्ण भएको उहाले बताउनुभयो ।
गुल्मी जिल्लामा स्थानीय तहमा पुगेर १ लाख २९ हजार ३५९ जनाको विवरण संकलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका दर्ता संकलन अपरेटर सुनिता कंडेलले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयबाट जिल्ला प्रशासन कार्यालयमा हालसम्म ४४ हजार ८ सय १ जनाले राष्ट्रिय परिचयपत्र प्राप्तिका लागि विवरण दर्ता गराएका छन् ।
जसमध्ये ८ हजार ७४ जनाको परिचयपत्र बनेर आएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताउनुभयो । पहिलो चरणमा स्थायी स्टेशन तम्घासबाट संकलन गरेकाहरुको कार्ड बनेर आएकाले वितरण भइरहेको पाठकले बताउनुभयो ।
प्रशासन कार्यालयले परिचयपत्र वितरणका लागि दैनिक ५० जनाका दरले विरवण गर्न थालेको प्रशासन कार्यलयले जनाएको छ । राष्ट्रिय परिचयपत्र प्राप्तीका लागि स्वयं व्यक्ति नै उपस्थित भएर मात्रै लिन सकिने प्रमुख जिल्ला अधिकारी पाठकले बताउनुभयो।
राष्ट्रिय परिचयपत्र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा समावेश भएका नागरिकका जैविक र वैयक्तिक विवरणको आधारमा उत्पादन भएको वायोमेट्रिक सूचना र पृथक नम्बर सहितको प्रत्येक व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचाहन सहितको वायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो । वैयक्तिक विवरण अन्तर्गत नाम, ठेगाना, जन्ममिति, बुबा–आमाको नाम, हजुरबुबा–आमाको नाम, श्रीमान(श्रीमतिको नाम, स्थायी(अस्थायी ठेगाना पर्दछन ।
जैविकविवरण अन्तर्गत औँठाछाप, दुईवटा आखाँको नानीको फोटो, अनुहारको डिजिटल फोटो, हस्ताक्षर समावेश गरिएको हुन्छ । नागरिकका सेवा सुबिधाहरु सहित अपराध नियन्त्रण गर्न यो परिचयपत्र महत्वपूर्ण रहने छ ।
परिचयपत्र विवरण दर्ता संकलन गर्न नागरिकता, बसाइँसराइको गरेको हकमा बसाइँसराइको सक्कल कागजपत्र चाहिन्छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता