गुल्मीमा यो बर्ष २९ करोड बढीको सुन्तला उत्पादन



अनिल खत्री-८ फागुन, गुल्मी ।

गुल्मीमा यो बर्ष २९ करोड ३७ लाख रुपैयाँको सुन्तला उत्पादन भएको छ । जिल्लाको ५८८ हेक्टरमा सुन्तला खेती गरिएकामा ६ हजार ८३८ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनु भयो ।
उक्त सुन्तला सरदर ४२ रुपैयाँमा बिक्री गर्दा २९ करोड ३७ लाख रुपैयाँ जिल्लामा आम्दानी हुने ज्ञान केन्द्रको भनाइ छ । जिल्लामा गत बर्षभन्दा १६।८९ प्रतिशत उत्पादनमा वृद्धि भएको हो । ५ हजार ९३६ मेट्रिक टन उत्पादन भएको थियो ।

जिल्लाबाट उत्पादित सुन्तला बुटवल, पोखरा, काठमाडौं लगायतका ठाउँमा बिक्री हुने गरेको छ । धुर्कोट गाउँपालिकाको नयागाउँ, पिपलधारा, हाडहाडे, रजस्थल, वस्तु, छत्रकोट गाउँपालिकाको लुम्छा, काउले, श्रृङ्गा, रुक्से, हुँगा, पल्लिकोट, रेसुङ्गा नगरपालिकाको भाडगाँउ, बालकाटे, भुवनपानी, गुरुङगाउँ, अर्खले सुन्तला उत्पादनको पकेट क्षेत्र मानिन्छ ।

त्यस्तै रुरु गाउँपालिकाको मुसिडाँडा र चौतारा, मुसिकोट नगरपालिकाको अर्लाङकोट गुल्मी दरवार गापाको गौंडाकोट, भट्टेचौर, जुभुङ, कालीगण्डकी गाउँपालिकाको अर्बेनीको देउराली, छापचौर र जयखानी, चन्द्रकोट गाउँपालिकाको रेमी र हरेवा, मदाने गाउँपालिकाको भनभने पनि पकेट क्षेत्र मानिन्छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता