गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



९ पुस, गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको गुल्मीदरवार गाउँपालिका वडानम्बर–४ निवासी ३० वर्षका मोटरसाइकल चालक पदम ढेगा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक ९डिएसपी० पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

दुर्घटनामा मोटरसाइकलमा सवार ३३ वर्षका धनबहादुर ढेगामगर घाइते भएको प्रहरीले जनाएको छ । बिहिबार बेलुकी बिरवासबाट भेडुवातर्फ जाँदै गरेको लु १७ प ६४५२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएका ढेगाको श्रृङ्गा स्वास्थ चौकिमा प्राथामिक उपचारको क्रममा मृत्यु भएको ९डिएसपी० पाण्डेले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता