गुल्मीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु !



अनिल खत्री २१ जेठ, गुल्मी ।

गुल्मीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको इस्मा गाउँपालिका–२ रातडाँडा निवासी ४१ वर्षका झविलाल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवराज खरेलले बताए ।

कुमाल शनिबार दिउँसो छल्दी पनाहा खोलमा माछा मार्न गएका थिए । उनलाई स्थानीयले मृत्यु भएको अवस्थामा देखेपछि शव पानीबाट निकाली प्रहरीलाई खबर गरेका थिए ।

शव पोष्टमार्टका लागि गुल्मी अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भरहेको प्रहरीले जनाएको छ ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता